भारतीय सामाजिक अभियन्ता अन्ना हजारे फेरि अनसन बस्दै

काठमाडौँ, चैत ८। भारतीय सामाजिक अभियन्ता अन्ना हजारे शुक्रवारदेखि फेरि अनसन बस्ने भएका छन् । भारतीय समाचार माध्यमहरूले यो अनसन सम्भवतः अनिश्चितकालीन हुने उल्लेख गरेका छन् । दिल्ली प्रहरीले आयोजकहरूले अनसनका लागि २३ मार्चदेखि नयाँ दिल्लीस्थित रामलिला मैदान बुक गरिसकेको जनाएको छ ।

 

आयोजकहरूले अन्नाको आग्रह अनुसार राजनीतिक दलहरूलाई आन्दोलनको मंचबाट टाढा राखिने बताएका छन् । यस अनसनमा अन्नाका पुराना सहयोगी योगेन्द्र यादव, शान्ति भूषण र कुमार विश्वास पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  नयाँ सरकारसँग काम गर्न आतुर : भारत

 

यसपालि अन्नाले किसानहरूको अधिकारका लागि अनसन गर्ने जनाइएको छ । आयोजकहरूले सार्वजनिक गरेको विवरण अनुसार अन्ना हजारेले बिहान नौ बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गरेर दिउँसो १२ बजेदेखि अनसन थाल्ने बताइएको छ ।

 

सरकारले यस अन्दोलान्कोई सुरक्षाको व्यापक तयारी गरेको जनाएको छ । अनसनस्थलमा दिल्ली पुलिस लगायत ठुलो संख्यामा केन्द्रिय सुरक्षा बलका जवानहरू पनि तैनाथ गरिने छन् । यसका अतिरिक्त मैदानमा सिसिटिभी जडान गरिने र यातायात व्यवस्थानका लागि ठुलो संख्यामा ट्राफिक प्रहरी समेत खटाइने भएका छन् ।

याे पनि पढ्नुस  भारतमा भिषण आगलागी, दर्जनाैं सिलिण्डर पड्किदाँ १०० घर जलेर नष्ट

 

भारतमा पछिल्लो समय किसान आन्दोलनको स्वर मुखर हुँदै गइरहेको छ । केही दिन अघि महाराष्ट्र राज्यमा पचास हजार भन्दा बढी किसानहरू १ सय ८० किलोमिटर पैदल यात्रा गर्दै मुम्बईको संसद भवन घेर्न पुगेका थिए । त्यसपछि महाराष्ट्र सरकारले तत्काल नै किसानहरूका अधिकतर माग सम्बोधन गर्ने सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।

याे पनि पढ्नुस  फूल व्यवसायको प्रवद्र्धन गर्न नसक्दा भारतबाट अायात गर्न बाध्य

 

कमेन्ट गर्नुहोस्