किन बढ्दैछ पुरुषमा बाँझोपन ?

काठमाडौं । अचेल महिला पुरुषहरूमा बाँझोपनको समस्या एउटा आम समस्या भइसकेको छ। विशेष गरेर पुरुष बाँझोपमको समस्या अचेल झनै विकराल रुप लिइरहेको छ। कतिपयले यसमा अनुवांशिक कारण देखेपनि वर्तमान जीवनशैलीले समेत पुरुषहरूमा यस्तो समस्या देखिन थालेको छ।

धूमपान र मदिरापान जस्ता अस्वस्थकर बानीहरू पुरुषमा बाँझोपनको लागि जिम्मेवार रहेका छन्। अस्वस्थकर खानपानले मानिसको यौन जीवनलाई ध्वस्त पर्ने मात्र हैन पिता बन्ने सपना पनि चकनाचुर पार्न सक्ने हुन्छ। निम्न ६ प्रकारका खानपानका बानीले पुरुषहरूमा निसन्तानपनको समस्या देखिन्छः

१. प्रशोधित मासुको सेवन
मासु सेवनले यौन स्वस्थ राम्रो हुने आम विश्वास रहेको छ तर यो सहि भने हैन। मासु सेवन गर्दा मासुको छनौटमा विशेष ध्यान दिनु आवश्यक छ। अर्गानिक मासुको सेवन त जहाँसम्म हो ठिकै छ तर प्रशोधित मासुको सेवन कदापी स्वस्थकर छैन।

याे पनि पढ्नुस  पुरुषले नै बच्चा जन्माएपछि....

यसले शुक्रकीटको गुणस्तरमा असर गर्ने भएकाले ह्यामबर्गर, हट डग, सलामी, ससेज आदिमा प्रयोग हुने प्रशोधित मासुको उपभोग गर्नु त्यति स्वस्थकर छैन। एक अध्ययनको अनुसार यस्तो प्रकारको मासुको सेवनले शुक्रकीटको संख्यामा २३ प्रतिशतसम्म कमी आउने सम्भावना देखिन्छ।

२. चिल्लो पदार्थयुक्त दुग्धजन्य पदार्थ
दुग्ध जन्य पदार्थहरू पनि सधैं यौन स्वस्थका लागि उपयुक्त छैनन् भन्ने कुराको प्रमाण हो चिल्लो पदार्थको प्रचुरता रहेका दुग्धजन्य पदार्थको अत्यधिक सेवनले शुक्रकीटको गुणस्तरमा पर्ने नकारात्मक प्रभाव। यस्ता खाद्य पदार्थको सेवनले शुक्रकीटको स्फूर्ति कम हुने र विर्यमा शुक्र्कीत्को संख्या समेत कम हुने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन्।

याे पनि पढ्नुस  नेपाली भलिबलः अन्तर्राष्ट्रिय वरीयतामा महिला ८७ र पुरुष १३८ औं स्थानमा

३. चिनीयुक्त पेय पदार्थ
सोडा, इनर्जी ड्रिंक्स, कार्बोहाइड्रेट जस्ता चिनी युक्त पेय पदार्थहरूको सेवनले पनि पुरुषहरूमा बाँझोपनको समस्या देखिन्छ। अध्ययनहरू अनुसार दिनमा एकभन्दा बढी पटक यस्ता पेयहरूको सेवनले वीर्यमा शुक्रकीटको मात्रा कम हुने समस्या देखिन सक्छ। बढी चिनीको सेवनले शरीरमा इन्सुलिन प्रतिरोध बढाएर अक्सिडेटिभ स्ट्रेस सिर्जना गर्दछ। परिणामस्वरूप शुक्रकीटको स्फूर्ति कम हुन्छ।

४. नन-अर्गानिक खाद्य पदार्थको प्रयोग
नन–अर्गानिक अर्थात् कीटनाशक प्रयोग गरेर उत्पादन गरिएका तरकारी तथा फलफुलको सेवनले पुरुष बाँझोपनको समस्या देखिन सक्ने अध्ययनहरूले देखाएका छन्। कीटनाशक छर्किएका फलफुल र तरकारीहरू र मासुजन्य पदार्थहरूको सेवनले शुक्रकीटको गुणस्तर कम गर्दछन्। यस्ता तरकारी तथा फलफुल सकेसम्म सेवन नगर्नु नै राम्रो हुन्छ र यै गर्नु नै परिहाले राम्रोसँग सफा पानीले धोइपखाली सेवन गर्नु ठिक हुन्छ।

याे पनि पढ्नुस  लौ यस्तो पनिः अष्ट्रेलियामा २२ पुरुषले जन्माए बच्चा

५.अत्यधिक चिया–कफीको सेवन
चिया तथा कफीको अत्यधिक सेवनले पनि यौन स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ। यस्ता पेयमा पाइने क्याफिन नामक तत्व शुक्रकीटको लागि प्रत्युत्पादक रहेको छ।

६. जंक फुडको सेवन
चिनी, चिल्लो पदार्थ या मोनोसोडियम ग्लुटामेट जस्ता पदार्थहरूको मिश्रणले मानिसको पाचन तन्त्र र प्रजनन कोशिकाहरूमा नोक्सान पुग्ने भएकाले जंक फुडको सेवनले पुरुष प्रजनन क्षमतामा नकारात्मक असर पर्ने हुन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्