लहानमा बम विष्फोट हुँदा छ जना घाइते

लहान, चैत्र ९ । सिराहको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ छ जना घाइते भएका छन् ।

शुक्रबार विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सारडाको पसलमा सुन किन्न आएका एक व्यक्तिले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीले बताएको छ । प्रहरीले त्यो टाइम बम भएको शंका गरेको छ ।

घाइतेहरुको स्थानीय सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्