इयूको निर्वाचन पर्यवेक्षण मिसनकाे प्रतिवेदनप्रति विवेकशील साझाको कडा आपत्ति

काठमाडौं, चैत्र ९ । विवेकशील साझा पार्टीले युरोपेली युनियन (इयू) को निर्वाचन पर्यवेक्षण मिसनले हालै सार्वजनिक गरेको प्रतिवेदनको कडा शब्दमा भर्त्सना गरेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले नेपालको संविधानका प्रावधानबारे इयूको निर्वाचन पर्यवेक्षण मिसनले गत मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा गरेको टिप्पणी र विवेकशील साझा पार्टीको नामसमेत अन्यथा उल्लेख गरेको भन्दै भर्त्सना गरेको छ ।

‘युरोपियन युनियनले क्षमा याचनासहित प्रतिवेदन फिर्ता लिनु उपयुक्त देखिन्छ। यसबारेमा परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगको आपत्तिसहितको औपचारिक विज्ञप्तिको हामी स्वागत गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

राज्यका महत्वपूर्ण अंगका गतिविधिमा विदेशी नियोग, संघसंस्थाको अवाञ्छित संलग्नता नै यस्ता खेदजनक परिघटनाका कारक हुन् भन्दै साझा पार्टीले ‘संवैधानिक आयोग र राज्यका अन्य संवेदनशील निकायमा आवश्यक बजेट व्यबस्था नेपाल सरकारले नै गरोस् र विदेशी संघ(संस्थाको हस्तक्षेपकारी भुमिका रहने गरि कुनै पनि सहयोग नलियोस भन्ने तर्फ समेत विवेकशील साझा पार्टी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छ’ विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्