गौशालामा आगलागी हुँदा आठ पसल जले

गौशाला,  चैत  १० । महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ ।

लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

याे पनि पढ्नुस  फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

कमेन्ट गर्नुहोस्