दीपिका र रणवीरको विवाह

एजेन्सी। बलिउडका चर्चित कलाकार रणवीर सिंह र दीपिका पादुकोण विवाहको गेटअपमा खिचिएका तस्वीर यति बेला सामाजिक संजालमा भाइरल भएका छन् ।

सामाजिक संजालमा भाइरल भएका उनीहरुको तस्वीर विवाह अघि गरिने फोटोसुटको भएका बताइएको छ । केहिदिन अघि उनीहरुको इंगेजमेन्ट र विवाहको खबर सञ्चारमाध्यममा छाएका थिए ।

बलिउडका हट जोडी लामो समयदेखि प्रेममा थिए । भने धेरै पटक ब्रेकअपको पनि खबर सार्वजनिक भएका थिए ।

रणवीरसँग दीपिका दुबैको आमाबुबाले विवाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए ।

दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । सञ्चारमाध्यमका अनुसार उनीहरुको विवाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । विवाहपछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् ।

भारतीय मिडियाका अुनसार उनीहरु चाँडै नै विवाहबन्धमा बाँधिनेवाला छन् । दुवैको परिवारहरु विवाहको तयारीमा लागेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्