मन्त्री बलदेव खनालले गरे मेला उद्घाटन

बाग्लुंग, चैत्र ११ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले बाग्लुंगको कालिका भगवती मन्दिर परिसरमा चैत्राष्टमी मेलाको उद्घाटन गर्नु भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा हुने उक्त मेला चैत्र ९ गतेदेखि नै सुरु भएको हो ।

याे पनि पढ्नुस  राप्रपाको निर्णयले सरकार अप्ठ्यारोमा पर्दैन– बल्देव, प्रधानमन्त्रीका सल्लाहकार

मेला आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए अनुसार मेलाको उपलक्षमा लोकदोहोरी गीत, खुला कालिका कप पुरुष भलिबल, खुला टि–ट्वान्टी क्रिकेट, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिंदैछ ।

बाग्लुंग जिल्लाकै नभई त्यस क्षेत्रकै प्रसिद्ध यो मेला ऐतिहासिक महत्वको रहेको र केही वर्ष यता देखि यस मेलालाई बागलुङको धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले भव्यताका साथ आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।

याे पनि पढ्नुस  एमालेकै समर्थनमा एकमहिनामै संशोधन प्रस्ताव पारित हुन्छ–खनाल

कमेन्ट गर्नुहोस्