पर्वतका दानी दम्पत्ति, सत्तल बनाउन दिए २ लाख

फलेवास, पर्वत, १२ चैत (रासस) ः पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् ।

साविकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उहाँकी पत्नी सीमा काफ्लेले दिवंगत बाबुआमा अनिरुद्र÷मोतीकुमारी काफ्लेको स्मृतिमा रु दुई लाख एक हजार १११ सहयोग गर्नुभएको हो ।

याे पनि पढ्नुस  शिक्षक पौडेल मृत फेला

रामनवमीको अवसरमा मन्दिरमा आयोजित कार्यक्रममा उहाँका आफन्त सन्तोष रिमालले काफ्लेले पठाएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको समितिका सचिव हरिप्रसाद तिवारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्