रूसकाे एक कम्प्लेक्समा आगलागी हुँदा ४१ बालबालिकासहित ४८ जनाको मृत्यु

काठमाडौं,चैत्र १२ । रूसको केमेरोभो शहरमा रहेको एक सपिङ कम्प्लेक्समा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मृतयु हुनेमा ४१ बालबालिका र ७ जना अन्य रहेको बीबीसीले उल्लेख गरेको छ । भने अझै १६ जना हराइरहेको बताइएको छ ।

सपिङ कम्प्लेक्सको माथिल्लो तलाबाट शुरु भएको आगलागीमा सिनेमा हेरिरहेका मानिसहरु परेको बताइएको छ । मानिसहरु ज्यान जोगाृउन झ्यालबाट हामफाल्दै बाहिर निस्कने प्रयास गरेको घटनासँग सम्बन्धीत भिडियोमा देखिएको छ ।

रुसको अनुसन्धान विभागले बताएअनुसार आगलागीका कारण दुईवटा सिनेमा घरका छाना खेसेर बढी क्षति भएको हो । तर अहिलेसम्म आगलागीको कारण भने पत्ता लागिसकेको छैन ।

दुर्घटनालगत्तै ६६० तालिमप्राप्त अधिकारी घटनास्थलमा खटाइएको र उद्वार कार्य जारी रहेको बताइएको छ । लगातार १७ घण्टादेखि अधिकारीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ ।

राजधानी मस्कोबाट करीब ३६ सय किलोमिटर पूर्वतर्फ रहेको कम्प्लेक्समा सपिङ सेन्टर, सिनेमाघर, रेस्टुरेन्ट, सौना, खेलकूद क्षेत्र, चिडियाखाना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्