प्रधानमन्त्रीको सल्लाहकारमा अर्याल र मैनाली नियुक्त

काठमाडौं, चैत्र १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा कुन्दन अर्याल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनसम्पर्क सल्लाहकारमा मैनाली र प्रेस सल्लाहकारमा अर्याललाई नियुक्त गरेको हो ।

अर्याल रात्नराज्यलक्ष्मी क्याम्पसका अध्यापक हुन । भने एमाले नेता मैनाली बारा १ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी हुन ।

मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो ।

कमेन्ट गर्नुहोस्