उदित नारायणलाई छोरा अादित्यकाे कारण भयो टेन्सन

काठमाडौँ । उदित नारायणका छोरा आदित्य नारायणमाथि ठुलो सङ्कट आइलाग्ने जस्तो देखिएको छ । गत फागुन २८ गते उनको कार एउटा अटोरिक्सासँग ठोक्किंदा अटोरिक्सा चालक र त्यसमा सवार एक जना महिला घाइते भएका थिए ।

त्यसपछि घाइतेहरूलाई अस्पताल लागिएको थियो भने आदित्यलाई प्रहरीले गिरफ्तार गरेको थियो । आदित्य बुवा उदितको प्रतिष्ठाका कारण प्रहरी खोरबाट त छुटे तर उपचारको दुई हप्तासम्म पनि चालकको अवस्था गम्भीर रहनुले आदित्यलाई समस्यामा पार्न सक्ने देखिएको छ ।

यस घटनाबारे थाहा पाउनासाथ उदितले छोराको गल्तीका कारण सबैसँग क्षमा याचना गर्दै आफूले सकेसम्म यस क्षतिपूर्ति दिने वचन समेत दिएका थिए ।  पिडित चालकको उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा भइरहेको र अस्पतालको पुरै खर्च उदित नारायणले व्यहोरिरहेको समाचारहरूमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्