ट्रंपलाई तनावै तनाव, फेरि यस्तो भनिन् यी पोर्न एक्ट्रेसले

वासिंगटन(रोयटर्स) । आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसँग यौन सम्बन्ध राखेको भन्दै चर्चामा आएकी पोर्न स्टार स्टोर्मी ड्यानियल्सले आफूलाई यससम्बन्धको बारेमा खुलासा नगर्न बारम्बार धम्की आउने गरेको बताएकी छिन् ।

वास्तविक नाम स्टेफाइन क्लिफोर्ड भएकी एडल्ट चलचित्रकी नायिका ड्यानियल्स  आइतबार एउटा अन्तर्वार्ताको क्रममा यस्तो खुलासा गरेकी हुन् ।

अमेरिकाको सिबिएस न्युजसँगको अन्तर्वार्ताको क्रममा ड्यानियल्सले सन् २०११ को एक साँझ उनी आफ्नी ११ महिनाकी छोरीलाई बोकेर कारबाट ओर्लिरहेको बेला एउटा मान्छे आएर ट्रंपलाई छाड्न र यो किस्सालाई यत्तिकै बिर्सिदिन भनेको थियो । ड्यानियल्सले त्यस मानिसले उनकी छोरीलाई हेर्दै “यी बालिका साह्रै सुन्दर छिन्, यिनकी आमासँग केही नराम्रो नहोस् ।“ भनेको खुलासा गरिन् ।

याे पनि पढ्नुस  ट्रम्पलाई किमको पत्र; दोस्रो पटक भेटवार्ता हुनसक्ने

ड्यानियल्सले गत मार्च ६ तारेखका दिन राष्ट्रपति ट्रंपसँग यस सम्बन्धलाई लिएर थप क्षतिपूर्ति मागेकी थिइन् । आफूले ट्रंपसँगको सम्बन्धलाई गोप्य राख्ने कुनै पनि अनुबन्ध नगरेकाले उनले यसको खुलासा गरिदिने भन्दै रकम माग गरेकी थिइन् ।

अन्तर्वार्ताका बारेमा व्हाइट हाउसबाट कुनै पनि प्रतिक्रिया नआएको बुझिएको छ । उता राष्ट्रपति ट्रंपले आइतबार साँझ फ्लोरिडाबाट फर्किने क्रममा पत्रकारहरूले यस सम्बन्धमा सोधेका प्रश्नहरूको कुनै जवाफ फर्काएनन् ।

ड्यानियल्सको यस खुलासाले ट्रंपका मुस्किलहरू अझै बढ्ने देखिन्छन् ।  गत हप्ता मात्रै एडल्ट पत्रिका प्लेयब्वाईकी पूर्व मोडेल करेन म्याकडुगलले सिएनएनलाई डिएको अन्तर्वार्तामा आफू र डोनाल्ड ट्रंपबीच सन् २००६ मा १० महिनासम्म अन्तरङ्ग सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनमा

ड्यानियलले आफू र ट्रंप बीच यौन सम्बन्ध रहेको खुलासा २०११ मा नै इन् टच भन्ने पत्रिकालाई दिएको एउटा अन्तर्वार्तामा भनेकी थिइन् ।

गत जनवरीमा वाल स्ट्रीट जर्नलमा छापिएको एउटा रिपोर्टमा ट्रंपका वकिल माइकल कोहेनले २०१६ को राष्ट्रपति चुनाव हुनु पहिले ड्यानियललाई १ लाख ३० हजार डलर तिरेको कुरा सार्वजनिक भएको थियो ।

सुरुमा कोहेनले यस कुरालाई अस्वीकार गरेपनि पछि आफूले ड्यानियललाई ‘हुप लाग्न’ उक्त रकम दिइएको स्वीकारेका थिए । उता ड्यानियलले आफू ट्रंपसँगको ‘यौनिक जम्काभेट’ बारे संसारलाई बताउँ इच्छुक रहेकाले आफूले उक्त रकम फर्काएर यो कुरा ‘नखोल्ने’ बाध्यताबाट मुक्त हुन् चाहेको बताएकी छिन् ।

याे पनि पढ्नुस  डोनाल्ड ट्रम्पले छोरा पाएपछि पोर्नस्टारसँग सेक्स गरेको खुलासा

उता ट्रंपका वकिलहरू ड्यानियलले कुरा खोलेकाले उनीसँग २ करोड डलर क्षतिपूर्ति माग्ने तयारीमा रहेको बताइरहेका छन् ।

सिबिएस न्युजले उक्त अन्तर्वार्ता सार्वजनिक गरेको छैन तर यसको टीजरले व्यापक जिज्ञासाहरू पैदा गरेको जनाइएको छ । च्यानलले कुनै पनि हालतमा अन्तर्वार्ता प्रसारित हुने समेत बताएको छ । अमेरिकामा यस अन्तर्वार्ताले ट्रंपको राष्ट्रपतीय क्यारियरमा कत्तिको असर पर्ने आकलन समेत भइरहेको छ ।

कमेन्ट गर्नुहोस्