डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको दरबारमार्ग वृत्तले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला घर भई काठमाडौंको चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई पक्राउ गरेको छ ।

मानब बेचबिखन तथा ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा बुर्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्जाले पैसा कमाउने काममा लगाई दिन्छु भन्दै महिलाहरुलाई विभिन्न होटलमा लगेर यौनसम्पर्क गरेको र यौनधन्दाका लागि बेचबिखनको काम गरेको प्रहरीको दावी छ ।

याे पनि पढ्नुस  सहीद दिवस : सहीद ढोकामा माल्यार्पण

मानव तस्करीको अभियोगमा बुर्जालाई शुक्रबार गिरफ्तार गरी काठमाडौं जिल्ला अदालतबाट थुनाका लागि म्याद थप गरिएको दरबारमार्ग वृत्तका प्रहरी प्रमूख डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।

शान्ति सूरक्षाका दृष्टिले चुनौतिपूर्ण मानिएको दरबारमार्गमा डिएसपी मल्ल प्रमूख बनेर आएदेखि नै चोरी डकैती, लागु औषध, यौन हिंसा लगायतका अपराधलाई नियन्त्रण गर्न विशेष अपरेशन चलाइएको छ । यसअघि नै मल्लको टोलीले पाँच केजी चरेशसहित २ युवालाई गिरफ्तार गरेको थियो ।

कमेन्ट गर्नुहोस्