साउथ इण्डियनका सुपरस्टार रामचरण ३३ वर्षमा प्रवेश

दक्षिण भारतीय सुपरस्टार रामचरण आजदेखि ३३ वर्षमा लागेका छन् ।

सुपरस्टार रामचरण साउथ इण्डियन चलचित्रमा प्रवेश गरेको पनि दश वर्ष अवधिमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।

उनका चिरुथा, मगाधिरा, ओरेन्ज चर्चित चलचित्रमा पर्दछन् । २००७ मा प्रदर्शनमा आएको उनको चलचित्र ‘चिरुथा’ले २२.०८ करोडको कमाइ गर्दै बक्स अफिसमा तहल्का मच्चाएको थियो।

उनलाई फिल्मी बजारमा मास इन्टरटेनरको रुपमा चिनिन्छ। उनी पछिल्लो पटक २०१६ मा रिलिज भएको ‘ध्रुव’मा देखा परेका थिए । उनको नयाँ चलचित्र रंगास्थलम आउँदैछ।

मेगास्टार चीरञ्जीवी का छोरा रामचरणले फिल्मी दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । कलाकारिता बाहेक उनी व्यवसायी पनि हुन् र समाजसेवा पनि रुचि राख्छन् । एजेन्सीको सहयोगबाट

 

कमेन्ट गर्नुहोस्