जनताको सेवामा जुट्न कर्मचारीलाई मन्त्री बोहोराको निर्देशन

अछाम, चैत्र १३ । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा गृह जिल्ला अछाम पुग्नु भएका छ । मन्त्री बोहोराले जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्नु भएको छ ।

मन्त्री भएपछि दोस्रो पटक गृहजिल्ला पुग्नु भएका मन्त्री बोहोरालाई बान्नीगढी गा।उँ पालिका र मंगलसैन नगरपालिकाले भव्य स्वागत गरेको थियो ।

याे पनि पढ्नुस  यी हुन ७ न‌ं प्रदेश मन्त्रिपरिषद बैठकका निर्णय

कार्यालय प्रमुखहरुले जिल्लाको प्रशासनिक, भौगोलिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगाएतका विययमा ब्रिफिङ्ग गर्न भएको थियो । कार्यालय प्रमुखहरुलार्इ सम्बोधन गर्दै मन्त्री बोहराले सबै कर्मचारीहरुलाई उच्च मनोवल, नैतिकता र सेवाग्राही मुखी भएर जनताको सेवामा लाग्न निर्देश दिनुभएको छ । उ

मन्त्री बोहोराले भन्नु भयो, ‘तपाईं कर्मचारीहरु भनेको स्थायी सरकार हो । सरकारको नीति कार्यक्रमहरु स्थानीय स्तरसम्म कार्यान्वयन गर्ने कर्मचारीहरु नै भएकोले कर्मचारी देशको दोस्रो सरकार हो ।’

याे पनि पढ्नुस  म्यादी प्रहरी हुन चाहेका १५० सम्पर्कमै आएनन्

मन्त्री बोहराले आफु प्रदेश सरकारको आंशिक बजेट ल्याउन लागेको हुँदा सबै क्षेत्रका प्रतिनिधिहरुसंग छलफलमा जुटेको बताउनु भयो । प्रदेश सरकारले ल्याउने बजेटमा जतिसक्दो जनताको सहभागी र अपन्वत्व हुने खालका कार्यक्रम ल्याउन स्थानीय तहसम्म आफु छलफलमा जुटेका बताउनु भयो ।

प्रदेश सरकारको बजेटले मुलत कृषि, खाद्यान्न, स्वास्थ्य, खानेपानी, सरसफाइ र स्वरोजगारमुखी बनाउन लागि परेको दावी गर्नु भयो । आजै मन्त्री बोहराले नेकपा माओवादी केन्द्र अछामको पुर्ण बैठकमा समेत सहभागी हुनु भएको थियो ।

कमेन्ट गर्नुहोस्