काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उहाँ रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीले जानकारी दिनु भयो ।
राजधानीमा बुधबार नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौं महाअधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।
“कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।”
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।