विद्यार्थी संगठनहरूद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौँ, चैत १५।

शिक्षा ऐन नवौं संशोधन विरुद्ध अन्दोलनरत वियार्थी संगठनहरूले आफ्ना मागहरू प्रति बेवास्ता गरेर सरकारले शैक्षिक अराजकता निम्त्याएकाले आफूहरू निर्णायक संघर्षमा उत्रिने निष्कर्षमा पुगेका छन्।

अनेरास्ववियु अध्यक्ष नविना लामा, नेविसं अध्यक्ष नैंसिंह महर र अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष रंजित तामाङले बिहिबार जारी संयुक्त विज्ञप्तिमा लाखौं विद्यार्थीको भविष्य अन्धकारमय बनाउने गलत मनसायले ल्याइएको शिक्षा ऐनको नवौं संशोधनका विरुद्ध शृङ्खलाबद्ध रुपमा हुँदै आएको आन्दोलन निर्णायक मोडमा पुग्ने उल्लेख गरिएको छ।

याे पनि पढ्नुस  शिक्षक दरबन्दी थप गर्ने तयारीमा सरकार

‘शिक्षाशास्त्रका विद्यार्थीहरू माइतिघ्त मण्डलामा आमरण अनसन बसेको आज चौथो दिन बितिसकेको छ।‘ विज्ञप्तिमा भनिएको छ, ‘अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । तर यस्तो गम्भीर विषयमा अहिलेसम्म सरकारले न त आँखा खोलेको छ, न त कान खोलेको छ।’

याे पनि पढ्नुस  खुल्यो अस्थायी शिक्षकको निमावि गणित विज्ञान विषयको नतिजा (नतिजा सहित)

विज्ञप्तिमा बिहिबार बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले संघर्षको पहिलो चरणका कार्यक्रमहरू घोषणा गरेको छ। जस अनुसार चैत्र १६ गते बिहान ८ वजे देशभरका कलेज अगाडि प्रदर्शन र आधा घण्टा चक्काजाम, चैत्र १६ गते ११ बजेदेखि माइतीघर मण्डलामा वृहत् प्रदर्शन र चक्काजाम र चैत्र १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने कार्यक्रम रहेको जनाएको छ।

याे पनि पढ्नुस  शिक्षक सेवा आयोगको परीक्षा स्थगित

संघर्षरत विद्यार्थीहरूले चैत २३ गते निर्धारित गरिएको अस्थायी शिक्षकहरूका निम्ति योजना गरिन लागेको शिक्षक सेवाको आन्तरिक प्रतियोगिता रद्द गरी त्यसको ठाउँमा खुल्ला प्रतियोगिताको माग गरिराखेका छन्।

कमेन्ट गर्नुहोस्