तपाईमा डराउने, मन आत्तिने र जीउ अप्ठ्यारो हुने समस्या त छैन ?

डर लागिरहने, मन आत्तिरहने र साथमा शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महसुस भइरहने यस प्रकार को मानसिक समस्या आत्तिने रोग हुन सक्दछ । किशोरावास्था बाट प्राय शुरुहुने यस रोगबाट पीडित व्यक्तिहरूको पढाइ तथा व्यावसायिक जीवनमा नकारात्मक असर पर्न सक्दछ ।

आत्तिनु सधैं असामान्य होइन

तपाईंलाई कसैले एक्कासी आक्रमण गर्न खोजेमा वा अन्य कुनै कारणले खतरा महशूश भएमा मन र शरिरमा एक्कासी केहि परिवर्तन आउंछन् । मन डराउंछ – तपाईंको अवचेतन मष्तिश्कले मैले केही गरिन भने मर्छु कि क्या हो भनेर सोच्छ र यस्तो सोचाई आउनासाथ तलका शारिरीक प्रक्रिया शुरु भइहाल्छन् ।

तपाईंको मांशपेशीहरू कडा हुन्छ र तपाईंलाई आफ्नो प्रतिरक्षा गर्न या भागेर आफूलाई जोगाउन तयार पार्छ । मांशपेशीलाई शक्ति चाहिन्छ, जसको लागि मुटु चाडै र बेस्सरी चलेर मांशपेशीलाई आवश्यक अक्सिजन दिन्छ । त्यसका लागि श्वास पनि चाडो फेर्नुपर्ने हुन्छ ।

Young Couple in the bed

यदि तपाईंको मांशपेशीहरू कडा भएनन् भने तपाईं तुरुन्त लड्न या भाग्न सक्नुहुन्न परिणामतः तपाईंको ज्यान जोखिममा पर्न सक्छ ।

असामान्य अवस्था कहिले भन्ने ?

जब डराउनुपर्ने कारण हट्छ, तपाईंको सोचाई र शरीर सामान्य अवस्थामा आउंछन् । तर यदी तपाईं विनाकारण ‘केही नराम्रो हुने पो हो कि’, ‘मरिने पो हो कि ?’, ‘मेरा केही शारिरीक खराबी पो छन् कि, डाक्टरले पत्ता लाउन नसकेको पो हो कि ?’, ‘यि मानिसहरू मेरोबारे नराम्रो पो सोच्दैछन् कि ?’ भनि सोच्नु हुन्छ र साथमा तल वर्णित शारिरीक लक्षणबाट पनि पीडित हुनुहुन्छ भने चाहि तपाईंलाई आत्तिने रोग भएको भन्न सकिन्छ ।

अर्थात आत्तिने रोग तब भनिन्छ जब मानिस या त नआत्तिने बेलामा आत्तिन्छ या सानो समस्यामा पनि निकै धेरै आत्तिन्छ । आत्तिने रोग भएका व्यक्तिहरूको मन आत्तिनुका साथै व्यक्तिमा शारीरिक परिवर्तनहरू पनि आउंछन्– जस्तै, मुटुको धड्कन तेज हुनु, श्वासको गति बढ्नु, श्वास रोकिएको जस्तो हुनु, शरीर या हातखुट्टा कांप्नु, चिट् चिट पसिना आउनु आदि ।

आत्तिने रोग भएको मानिसको मांशपेशीहरू अरूको भन्दा तुलनात्मक रुपले तनावमा रहन्छन्– फलत उनीहरूमा टाउको र गर्दन दुख्ने समस्या बढि मात्रामा हुन्छ ।

आत्तिने रोगका लक्षणहरूलाई तीन भागमा बाडँन् सकिन्छ 
१। डर, त्रास, भयस्

२। शारीरिक लक्षणहरू स् जस्तै मुटु काप्ने, श्वास अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि । शरीरमा तनाव भएको महसुस पनि हुन्छ

३। भययुक्त सोचाईस् ‘केही नराम्रो हुने पो हो कि’, ‘मरिने पो हो कि रु’, ‘मेरा केही शारिरीक खराबी पो छन् कि, डाक्टरले पत्ता लाउन नसकेको पो हो कि रु’, ‘यि मानिसहरू मेरोबारे नराम्रो पो सोच्दैछन् कि रु’ त्यस्तै नचाहिने चिजको अनावश्यक चिन्ता लागिरहनेस पारिवारीक चिन्ता¸ आर्थिक चिन्ता र भविष्यको चिन्ता पनि समस्याको तुलनामा धेरै हुने हुन सक्दछ ।

“बोल्दा मैले गल्ति गर्ने पो हो किरु” “मानिसहरुले मेरो हाँसो उडाउने हुन किरु” “रिंगटा लागेर मा लड्ने पो हुँ किरु” “मुटु बढी ढुक ढुक गरेर र दिमागले केहि काम नै गरेन भने बडा बेइज्जत हुने पो हो किरु” जस्ता कुरा पनि मन् मा खेल्ने हुन सक्छ ।

यो तुलनात्मक रूपले कम कडा मानसिक रोग हो । यो एक मानसिक समस्या नै भए पनि र शारीरिक लक्षणहरू डर त्रासले नै उत्पन्न भएको भए पनि पीडित व्यक्तिहरूमा क्रमिक रूपले आफू मा लक्षणअनुरूप को शारीरिक रोग लागेको भन्ने भान पर्न जान्छ।

जस्तै मानसिक कारणले मुटुको कम्पन भए तापनि ऊ मुटु को कुनै रोग लागेको भन्ने ठानेर मुटु सम्बन्धी विभिन्न जाच गराउंदै, सामान्य रिपोर्ट आए पनि “मेरो त मुटु कै रोग हो, तर डाक्टर ले पत्तै पाउदैन” भन्दै गरेका भेटिन्छन् । यो कम कडा मानसिक समस्या भएपनि केही व्यक्तिमा भने यो यति कडा किसिमले प्रस्तुत हुन्छ कि उक्त व्यक्ति आफ्नो नियमित काम पनि गर्न नसक्ने हुन्छ । यो रोग लम्बिएमा यस रोग माथि अन्य मानसिक रोगहरू पनि थपिन सक्छन् ।

आत्तिने या मन् डराउने रोग हरू बीभिन्न प्रकार का हुन्छन्स् मुख्य प्रकारहरू निम्न छन् ।
१। लगातर आत्तिने रोग

२। एक्कासी आत्तिने रोग

३। समूहमा या सामाजिक अवस्थाहरूमा आत्तिने रोग

उपचार
यो समस्याको उपचार छ उपचारले यस समस्यालाई पूर्णरूपले नियन्त्रणमा ल्याउन सक्छ ।उपयुक्त उपचार शुरु भएको केही हप्तापश्चात् नै साविककै स्थितिमा आई आफ्ना कार्यहरू सुचारु रूपले गर्न सक्दछ । यस रोगको उपचारका पनि दुई पक्षहरू छन् ।

औषधी र मनोवैज्ञानिक उपचार । विचारलाई नियन्त्रण गर्ने तरिकाले व्यक्तिलाई तनावमुक्त रहन र आत्तिने र नकारात्मक विचारहरूका स्थानमा बढी सकारात्मक विचारहरू ल्याउन मद्दत गर्दछन । यी पद्धतिहरू कम कडा प्रकारको मन् डराउने रोग औषधी बिना नै उपचार गर्न पर्याप्त हुन्छन् ।

कडा अवस्थाहरू मा चाँही औसधीको प्रयोगले फाईदा हुन्छ ।

Dr. Anupam Pokharel

कमेन्ट गर्नुहोस्