थाइल्याण्डः बसमा भीषण आगलागी, २१ को मृत्यु, २६ घाइते

बैंकक, थाइल्याण्डको राजधानी बैंकक नजिकै पश्चिमी थाइल्याण्ड राजमार्गमा एउटा बसमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

घटनामा २६ जना घाइते बनेका छन् ।

बैंकक पोष्टका अनुसार, म्यान्मार बर्माका मजदूरहरु चढेको बसमा अकस्मात आगो लागेको थियो ।

आगो के कारणले लागेको थियो भन्ने कुरा खुल्न सकेको छैन ।

स्थानीय प्रहरीका अनुसार, ताक प्रान्तको तास्किन महारत नेशनल पार्कको राजमार्गमा बसमा आगो लगेको थियो । बस चालकले नशामा रहेको प्रहरीको दावी छ ।

म्यानमारबाट मजदूर लिएर आइरहेको बस सीमा पार गरेर थाइल्याण्डमा पुग्ने बित्तिकै अकस्मात बसमा आगो लागेको थियो । शुक्रबार दिउँसो डेढ बजे भएको दुर्घटनामा बसबाट यात्रुहरु बाहिर निस्किन नपाउँदै आगोले बस लपक्कै निलेको थियो ।

कमेन्ट गर्नुहोस्