एमालेले अाैपचारिक रुपमै जनयुद्ध स्वीकार गर्याे

एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ ।

१३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो ।

अन्तरिम राजनीतिक प्रतिवेदनमा ००७ को क्रान्ति, किसान आन्दोलन, झापा आन्दोलन, ०४६ को जनआन्दोलन, माओवादीको १० वर्षे जनयुद्ध, ०६२/६३ को जनक्रान्तिका उपलब्धिलाई स्वीकार गरिएको छ ।

याे पनि पढ्नुस  किन नेकपा एमालेका केही नेताहरू एकता भाँड्न तयार भएका छन ?

‘००७ देखिका विभिन्न सशस्त्र र शान्तिपूर्ण संघर्ष झापा विद्रोह, माओवादी जनयुद्ध, महिला, दलित, मधेसी, आदिवासी जनजाति, पिछडिएका क्षेत्रका जनतासहित सबै उत्पीडित समुदायले चलाएको आन्दोलनले सामन्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति अर्थात् लोकतान्त्रिक क्रान्तिलाई मूलतः कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वमा पूर्णता दिने बिन्दुमा पुर्‍यायो,’ प्रतिवेदनमा भनिएको छ,

याे पनि पढ्नुस  राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी

‘माओवादी जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र सांस्कृतिक समुदायका जनताका बीचमा महत्वपूर्ण जागरण ल्याउने, संगठित र आन्दोलित गर्ने काम गर्‍यो । र, प्रतिक्रियावादी राज्य–व्यवस्थालाई कमजोर बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिने महत्वपूर्ण आधार तयार गर्‍यो ।

याे पनि पढ्नुस  काठमाडौं क्षेत्र नम्बर तीन बाट एमाले उम्मेद्वार कृष्णबहादुर राई बिजयी

सशस्त्र संघर्ष गरिरहेको तत्कालीन नेकपा (माओवादी) र शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेकपा (एमाले)सहितका सात पार्टीको बीचमा भएको १२ बुँदे समझदारीपछि माओवादी जनयुद्धसमेतको समन्वयमा सात पार्टीको नेतृत्वमा सञ्चालित जनआन्दोलनले ००७ सालदेखि यताका सबै संघर्षको सञ्चित असरका रूपमा पुँजीवादी जनवादी क्रान्तिलाई आधारभूत रूपमा सम्पन्न गर्न निर्णायक भूमिका खेल्यो ।’

कमेन्ट गर्नुहोस्