सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउँछु : मन्त्री बिना मगर

धनगढी, चैत १७ । खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताउनुभयो ।

याे पनि पढ्नुस  स्थानीय तहमा सहायता कक्ष स्थापना गर्ने बिना मगरको पहिलो घोषणा

‘स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा ईंगित गरिएकाले यो दायित्व पुरा गर्न चुनौति पनि छ,’ उहाँले भन्नुभयो, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।’

सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले बताउनुभयो ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रालयले सम्पन्न गरेका खानेपानी आयोजना

उहाँले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाण्डौंमा छिट्टै वितरण गर्ने गरि आयोजना निर्माणको कामले तीव्रता पाएको जानकारी दिनुभयो ।

आफ्ना दिवंगत श्रीमान प्रकाश दाहाल र क्यान्सरका कारण दिवंगत हुनुभएकी ज्ञानु दाहालको स्मृतिमा आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारणको क्यान्सर जाँच अभियानका लागि मन्त्री मगर धनगढी आईपुग्नुभएको हो ।

याे पनि पढ्नुस  धारा खोल्दा हावा होइन, पानी दिन्छु: खानेपानीमन्त्री बिना मगर

भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र ब्रेष्टको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिनुभयो ।

कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर मन्त्री नियुक्त भएपछि पहिलो पटक ७ नम्बर प्रदेश आउनुभएको हो ।

कमेन्ट गर्नुहोस्