प्रधानमन्त्री ओलीलाई सम्मान गरे अध्यक्ष प्रचण्डले, फाेटाेफिचर

काठमाडौं, चैत्र १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान पत्र प्रदान गर्नु भएको छ ।

 

रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई सम्मान पत्र दिनु भएको हो ।

शनिबार राजधानीको राष्टियसभा गृहमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय राजनीतिमा पुर्याएको योगदान र राष्ट्रियताका पक्षमा लिएको अडानका लागि रिपोर्टसर्् क्लब नेपालले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेको थियो । विशेष अथिति प्रधानमन्त्री ओलीलाई प्रमुख अथिति प्रचण्डले अभिनन्दन पत्र प्रधान गर्नु भएको थियो ।

कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सफल भूमिका निर्वाह गरेकोमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलगायत विभिन्न मीडियामा कार्यरत संचारकर्मी संचार उद्यमी तथा उद्योगपतिलाई सम्मान गरिएको छ ।

कार्यक्रममा राजनीति, संचार र सामाजिक क्षेत्रका बिभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्