खानेपानी मन्त्री बीना मगरको क्षेत्रमा पाठेघरको मुख र स्तन क्यान्सर जाँच शिविर

पुनर्वास, चैत्र १८ । खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जित्नुभएको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबारे प्रारम्भिक जाच शिविर सुरु गरिएको छ ।

पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आईतबार सुरु गरिएको शिविर १ नम्बर निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाडीमा समेत भोलि र पर्सि सञ्चालन गरिने छ ।

शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले क्यान्सरबाट आफ्नो क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्य अवस्थाबारे जान्न शिविर सञ्चालन गरिएको बताउनुभयो ।

‘हामी स्थानीय चुनाव लगत्तै शिविर सञ्चालन गर्न चाहन्थ्यौ । तर, व्यवस्थापन नमिलेका कारण मिति सर्दै गयो,’ उहाँले भन्नुभयो, ‘एक पटक जाच गरे ५ वर्ष ढुक्क बस्न सकिन्छ । फेरि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने छन् ।’

याे पनि पढ्नुस  नेपालको पानी कतार निर्यात गरिने, खानेपानी मन्त्री र राजदूतबीच छलफल

दुर्गम क्षेत्रमा आएर शिविर सञ्चालनमा सहयोग गरिरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिमलाई मन्त्री मगरले धन्यवाद दिनुभयो । मन्त्री मगरको परिवारकै दिवङ्गत सदस्य प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको हो ।

‘क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा प्रीय प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो’, मन्त्री मगरले भन्नुभयो, ‘उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।’

याे पनि पढ्नुस  बिना मगरको क्षेत्रमा आएर खगराज भट्टको उद्घोष– कांग्रेसको टाउको नै पराजित हुँदैछ

शिविर सञ्चालन समितिकी संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निशुल्क औषधिको समेत व्यवस्था रहेको बताउनुभयो ।

‘पोखरा र काठमाडौबाट औषधि संकलन गरेर ल्याएका छौ,’ उहाँले भन्नुभयो, ‘जटिल अवस्था भएका बिरामीलाई सेती अञ्चल अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि समन्वय गरिने छ ।’ शिविरमा एकै पटक ४ ठाउँमा जाचको व्यवस्था गरिएको र दैनिक ६/७ सय महिलाको जाँच गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै क्यान्सर अस्पतालका निर्देशक डा विजय चन्द्र आचार्यले पाठेघरको मुख र स्तनको क्यान्सर हुनुअघि नै जाच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट वचन सकिने बताउनुभयो ।

याे पनि पढ्नुस  विजयी भएपछि यस्ताे अायाे बिना मगरकाे विज्ञप्ती

‘अहिले कुनै समस्या नदेखिएपनि भोलि ज्यान जान सक्छ, त्यसैले समय(समयमा जाच गरेर सावधानी अपनाउनुपर्छ’ उहाँले भन्नुभयो । शिविर सञ्चालनमा अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापाको समेत सहभागिता छ ।

पुनर्वास, बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकामा हुने शिविरमा २ हजारभन्दा बढी महिलाले क्यान्सर जाच गर्ने अनुमान गरिएको छ । शिविरबाट लाभ लिन बिहानैदेखि महिलाहरु स्कुलमा जम्मा भएका छन् ।

कमेन्ट गर्नुहोस्