किन भइरहको छ शेयर बजारमा निरन्तर गिरावट

काठमाडौं, चैत १८ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४‍‍.०५ अंकले ओरालो लागेर ११९६.२४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ ।

याे पनि पढ्नुस  शेयर बजार घटेको प्रभाव, बोलकबोलमा समेत १०० रुपैयाँमै पाइन थाल्यो शेयर

आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ ।

आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ ।

याे पनि पढ्नुस  १२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामा १२ अंकले बढ्यो नेप्से

अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गर्नुभएपछि बजार बढ्ने आशा गरिएको भए पनि बजारले सोअनुसार काम नगरेको सम्बद्ध पक्षको भनाइ छ ।

कमेन्ट गर्नुहोस्