चैत्र २३ गते पनि पार्टी एकता हुनसक्छ : प्रधानमन्त्री अाेली

काठमाडौं, चैत्र १९ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चैत्र २३ गते अघि पनि पार्टी एकता हुन सक्ने बताएका छन् ।

सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार तथा लेखक कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै ओलीले पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा गर्ने बताएका हुन् ।

‘एकता हुन्छ, हुन्छ । भारत भ्रमणअघि पनि हुनसक्छ, पछाडि पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली भने, ‘ यो हतारो गर्ने कुरा हैन र ढिलो गर्ने कुरा पनि होइन । उपयुक्त समयमा पार्टी एकता घोषणा गरिन्छ ।

याे पनि पढ्नुस  ओली र प्रचण्ड गोप्य वार्ता, पार्टी एकता अन्तिम चरणमा

प्रधानमन्त्री ओलीले वाम गठबन्धनको सरकार बनेपछि काँग्रेस र उसका नेताहरुमा जलन भएको बताए । उनले बल्न नपाएको चुल्हो बालौ भन्दा चुलो बलिरहेकाहरुलाई के को जलन, किन आपत्ति ? भनेर प्रश्न गरे ।

‘हामीले गरिबलाई धनि बनाउछौ भनेका हौ, धनीको खोस्ने भनेको होइन, ३६ प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई धनी बनाउछौं भन्दा आत्तिनुपर्ने कारण छैन’ ओलीले भने ‘छिमेकीसँग विश्वसनीय सम्बन्ध बनाउन चाहान्छौ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्रीको सम्बोधनले राजपामा भूकम्प !

नेपालको विकासमा छिमेकीलाई समेत साथ लिएर अघि बढ्ने योजना सरकारको रहेको प्रधानमन्त्रीले बताए । ‘तीन वर्षमा विकासशिल राष्ट्रमा पुग्छौ । १३ वर्षमा दिगो विकास हासिल गर्ने लक्ष्य पूरा गर्छौ, उत्पादनमा बृद्धि, गर्छौ ।’ उनले राजनीतक संक्रमण टुगिएको भन्दै सम्बृद्धिको संक्रमण शुरु भएको बताए ।

याे पनि पढ्नुस  महासभाका लागि प्रधानमन्त्री अमेरिका जाँदै

कार्यक्रममा पत्रकार कोइरालालाई ५० हजार ५५५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । सम्मानित कोइरालाले आफूले पाएको सम्मानको रकम बाराका पत्रकार स्व.वीरेन्द्र साहकी श्रीमति उमारावती साहलाई हस्तानतरण गर्ने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्