समान हैसियत पार्टी एकताको मुख्य आधार हुनुपर्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समान हैसियत पार्टी एकताको मुख्य आधार हुनुपर्ने बताउनु भएको छ । साथै एकीकृत पार्टीमा एमाले र माओवादी केन्द्रका समान हैसियत हुनुपर्ने बताउनु भएको हो ।

गृह जिल्ला चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले सो कुरा वताउनुभएको हो । पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउदै उहाँले भन्नु भयो, ‘पार्टी एकता सिद्धान्तत प्रतिशतका आधारमा हुँदैन । चुनाब जस्तो होईन भन्न खोजिएको मात्रै हो ।”

याे पनि पढ्नुस  नयाँ सरकार गठनमा सहयोग गर्न देउवालाई प्रचण्डको आग्रह

“बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।”, अध्यक्ष प्रचण्डले भनु भयो । तपाईको यो भनाइले एकता अप्ठारोमा पारेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले यसले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने बताउनु भयो ।

प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भब भने नभएको अध्यक्ष दाहालले बताउनु भयो । उहाँले कार्यदलले दिएको रिपोट अनुसार नै २२ अप्रिल अर्थात बैशाख ९ गते पार्टी एकता हुने बताउनु भयो ।

याे पनि पढ्नुस  भोट हाल्न चितवनतिर प्रधानमन्त्री प्रचण्ड

प्रचण्डले भोलि पार्टी एकता संयोजन समितिको बैठक वसी दुई वटै कार्यदलको प्रतिबेदन औपचारीक ढङ्गले प्रस्तुत हुने बताउनु भयो । संयोजन समितिमा भोलिबाट नै त्यो प्रतिबेदनलाई अन्तिम रुप दिनका लागि छलफल सुरु हुने उहाँले बताउनु भयो । एक ÷दुई दिनमानै टुङ्गिन सम्भब नभएकाले केहिदिन लाग्ने दाहालले बताउनु भयो ।

याे पनि पढ्नुस  ओली–प्रचण्डबीच आज भेटबार्ता नहुने

फरक प्रसंगमा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा केहि छलफल भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यस बारेमा पनि भोलि संयोजन समितिमा छलफल हुन्छ ।

तपाईको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नु भयो, ‘यो वायात फेन्टास्टिक र सिल्ली कुरा हो, जवाफ दिन चाहान्न प्रश्न पनि नगर्नुहोस ।’

कमेन्ट गर्नुहोस्