आरक्ष शिविरमा गहुँ चुट्न नदिने समस्या तुरुन्त हल हुन्छ : मन्त्री बिना मगर

बेलौरी । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको ढक्कास्थित आरक्ष विस्थापित शिविरमा देखिएको गहुँ चुट्ने समस्या तुरुन्त हल हुने बताउनुभएको छ ।

तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारको बसोबास रहेको ढक्का शिविरमा पुगेर मन्त्री मगरले आफूले वन मन्त्री शक्ति बस्नेतसङ्ग कुराकानी गरिसकेको र समस्या तुरुन्त हल हुने बताउनुभयो ।

याे पनि पढ्नुस  ४ दिनदेखि अवरुद्ध कलुवापुर–बेलौरी सडक सञ्चालनमा

‘मैले मन्त्री ज्युसङ्ग कुरा गरिसकेको छु, उहाँलाई गहुँ चुट्न दिन्छौ भन्नुभएको छ,’ मन्त्री मगरले भन्नुभयो, ‘आन्तरिक पत्राचारमा समय लागेको हुन सक्छ ।’

शुक्लाफाटा निकुञ्जमा रुपान्तरण भएपछि निकुञ्ज क्षेत्रभित्र मेसिनले गहुँ चुट्न नपाइने भन्दै प्रशासनले अवरोध गरिरहेको छ । तत्कालीन आरक्षबाट विस्थापित भएका परिवार स्थायी व्यवस्थापन नभएसम्मका लागि निकुञ्जकै ढक्का शिविरमा बसिरहेका छन् । आरक्ष विस्थापित समस्या समाधानका लागि सरकारले २९ वटा आयोग गठन गरेपनि समस्या समाधान हुन सकेको छैन ।

याे पनि पढ्नुस  विद्यार्थी खाेज्न घरदैलाेमा नगरप्रमुख एेर

आरक्ष शिविरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘म यहाँको समस्याबारे जानकार छु, गहुँ चुट्ने समस्या समाधान गरेर मात्रै हुँदैन । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

एउटा टिम बनाएर आफुसङ्गै काठमाडौ गई समस्याको दीर्घकालीन समाधानको पहल गर्न तत्पर रहेको मन्त्री मगरले बताउनुभयो । आरक्ष विस्थापित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले समस्याको स्थायी समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

याे पनि पढ्नुस  एसपीसहित १६ प्रहरीमाथि छानबिन शुरु, कस्तो आउला नतिजा ?

कमेन्ट गर्नुहोस्