हुँदैछ उथल पुथल, बदलिन सक्छ विश्वको नक्सा, अफ्रिकाका कयौं देशको अस्तीत्व संकटमा

पृथ्वीमा भौगर्भिक परिवर्तनहरू आम हुन्। पृथ्वीको सतह मुनि रहेका प्लेथारूको गतिशीलताको असर लामो कालखण्डपछि सतहमा समेत देखा पर्दछ।

भनिन्छ हाल नेपाल रहेको स्थानमा करोडौं वर्ष पानीले एउटा साग थियो रे। पछि भारतीय प्लेटको उत्तर सराई र तिब्बतीय प्लेटको स्थिर बसाइका कारण अहिलेको हिमाल, नेपाल र उत्तर भारतको कतिपय भाग बनेको भनेर वैज्ञानिकहरू मान्दछन्।

भूगर्भशास्त्रीहरूका अनुसार एउटै भूखण्डका रूपमा रहेका दक्षिण अमेरिका र अफ्रिका प्लेटहरूकै गतिशीलताका कारण अलग अलग महादेश हुन पुगेका थिए एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ।

त्यस्तै भूगर्भशास्त्रीहरू भन्छन् लगभग १३ करोड ८० लाख वर्ष पहिले एउटै भूखण्डका रूपमा रहेका अफ्रिका र दक्षिण अमेरिका अलग भएका थिए। त्यसबेला धर्तीमा  धाँजा फाटेर परेका चिराहरू कालान्तरमा फैलिँदै गई नया समुद्र या महासागर बने र दुई महादेश अलग भएको मानिन्छ।

फेरि लामो कालखण्डपछि त्यस्तै भौगर्भिक परिघट्नाको संकेत देखिएको छ। भूगर्भशास्त्रीहरूले आउँदो एक करोड वर्षसम्म अफ्रिका महादेश दुई टुक्रामा विभाजित भइसक्ने र त्यसको बिचमा एउटा महासागर नै बन्ने भविष्यवाणी गरेका छन्।

ज्वालामुखीय चट्टानमाथि रहेको रिफ्ट भ्याली निरन्तर फैलिरहेको छ।

नयाँ महासागर बन्ने यस प्रक्रियाको सुरुवात समेत भइसकेको छ। दक्षिण पश्चिम केन्यामा सयौं किलोमिटर लामो र चौडा धाँजा परेको छ। यसको आकार निरन्तर बढ्दै गएको बुझिएको छ।

यस चिराले केन्याकोको न्यारोबी- न्यारोक राजमार्ग पूर्णरूपमा तहसनहस भइसकेको छ। र यहाँ निरन्तर भूकम्पका झड्का महसुस गरिँदै छन्। यसो हुनुको कारणबारे फल्ट डाइनामिक्स रिसर्च ग्रुप लण्डन रोयल होलोवेका अनुसन्धाता लुसिया पेरेज डियाजले केही प्रकाश परेका छन्।

डियाजका अनुसार पृथ्वीको लिथोस्फेयर अर्थात् क्रस्ट र मेन्टलको माथिको भाग अनेकौं टेक्टोनिक प्लेटहरूले बनेको हुन्छ जुन निरन्तर चलायमान हुन्छन्। यिनीहरू फरक फरक गतिले एक-अर्कातिर बढिरहेका हुन्छन्।

लिथोस्फेयरको मुन्तिर एस्थेनोस्फेयर भन्ने बढी चलायमान अर्को पत्र हुन्छ। वास्तवमा एस्थेनोस्फेयरकै गतिशीलताका कारण टेक्टोनिक प्लेटहरू गतिमान रहने हुन्।

एस्थेनोस्फेयरको गतिशीलताले प्लेटहरूलाई गतिमान गर्ने मात्र हैन तिनमा चिरा पारिदिने या फुटाउने पनि गर्दछ। यसो हुँदा नयाँ प्लेटहरू बन्दछन् र त्यसको प्रभाव स्वरूप भूकम्प आउने र धर्तिको सतहमा चिरा पर्ने हुन्छ।

एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ।

पूर्वी अफ्रिकामा रहेको रिफ्ट भ्याली उत्तरमा यमन र सोमालियाबिच रहेको अडानको खाडीदेखि दक्षिणमा जिम्बाब्वेसम्म ३ हजार किलोमिटर क्षेत्रमा फैलिएको छ। यसले अफ्रिकी टेक्टोनिक प्लेटलाई दुई भागमा बाँड्दछ। यसको पूर्वी भागमा अर्थात् इथियोपिया, केन्या, तान्जानियामा तीव्र भौगर्भिक हलचल भइरहन्छ।

फलस्वरूप दक्षिण पश्चिम केन्यामा जमिनमा सयौं किलोमिटर लामो चिरा परेको छ, जुन निरन्तर फैलिँदैछ। यो चिरा अफ्रिकाको रिफ्त भ्याली हो जुन  ज्वालामुखीय चट्टानहरूले बनेको छ। जसले गर्दा यहाँको लिथोस्फेयर साह्रै पातलो रहेको छ। र यो अझै  टुक्रिने सम्भावना प्रबल छ।

यस्तो भएको खण्डमा खाली स्थानमा म्याग्मा जमेर नयाँ महासागर बन्ने प्रक्रिया सुरु हुने वैज्ञानिकहरू बताउँछन्। वैज्ञानिकहरूका अनुसार यस्तो धाँजा परेर गहिरिएको जमीन समुद्र सतहभन्दा होचो हुने भएकाले वैश्विक तापमान वृद्धिजस्ता कारणले समुद्री सतह बढेर यस स्थानलाई पुरिदिनेछ र यहाँ नयाँ महासागरको निर्माण हुनेछ।

यसले अफ्रिकाको क्षेत्रफल समेत संकुचित हुने अनुमान गरिएको छ। साथै यसले हाल भूपरिवेष्टित रहेको इथियोपियालाई एउटा समुद्री दीपमा परिणत गरिदिने छ।

वैज्ञानिकहरूका अनुसार पूर्वी अफ्रिकी प्लेट निरन्तर टुक्रिने क्रममा छ। यसको पूर्वी भागमा ५ हजार किलोमिटर लामो विशालकाय टेक्टोनिक प्लेट रहेको छ।

अफ्रिकाको पूर्वमा सोमालियन प्लेट छ जुन इन्डियन प्लेटसँग जोडिएको छ भने यसको पश्चिममा नुबियन प्लेट रहको छ। यी दुवै प्लेथारूले एक अर्कालाई घचेट्दै छन्। जसले गर्दा प्रति वर्ष केही मिलिमिटरका दरले यहाँ धाँजा फाट्दै छ। यसले गर्दा केही करोड वर्ष भित्रमा नै यहाँ एउटा नयाँ महासागर बनेर सम्पूर्ण विश्वको मानचित्र नै बदलिदिने छ।

कमेन्ट गर्नुहोस्