कार्यदलले बुझायो प्रतिवेदन, अन्तिम निर्णय गर्न संयोजन समितिको बैठक बिहीबार

काठमाडौं, चैत्र २० । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि अन्तरिम विधान र संगठनात्मक र वैचारिक राजनीतिक प्रतिवेदन बनाउन गठित कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको पार्टी एकता संयोजन समितिको बैठकमा कार्यदलले आगामी वैशाख ९ गते पार्टी एकताका लागि उपयुक्त हुने सुझावसहित प्रतिवेदन बुझाएको हो ।

याे पनि पढ्नुस  जनयुद्व र समान हैसियतविना एकता नगर्न प्रचण्डलाई वाइसीएलको ध्यानाकर्षण

दुवै कार्यदलले पार्टी एकताको घोषणा कम्युनिष्ट पार्टी स्थापनाका दिन वैशाख ९ गतेका दिन गर्दा उपयुक्त हुन्छ भनी दिएको सुझावलाई पार्टी एकता संयोजन समितिले सकारात्मक लिएको एक नेताले बताउ ।

दुवै कार्यदलले पार्टी एकता संयोजन समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गरिसकेकाले २२ गते बस्ने पार्टी एकता संयोजन समितिको बैठकले प्रतिवेदनमाथि छलफल गरी अन्तिम रुप दिइपछि एकताको मिति लगायत विषयमा औपचारिक घोषणा गर्ने तयारी भएका बताइएको छ ।

याे पनि पढ्नुस  एमाले–माओवादी एकतामा कहाँ छ समस्या ?

तर केही विषयमा भने अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई छोडिएको छ ।

कमेन्ट गर्नुहोस्