युट्युब मुख्यालयमा चल्यो गोली, एकको मृत्यु, तीन घाइते

काठमाडौँ, चैत २१ : युट्युब मुख्यालयमा गोली चलेको समाचार आएको छ। उत्तर क्यालिफोर्नियामा अवस्थित उक्त कम्पनी मुख्यालयमा उक्त गोली एक जना महिलाले चलाएको र उनले तीन जनालाई घाइते पारेर आफूलाई नै गोली हानेको कुरा प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रहरीले अक्रमणकारी ३९ वर्षीय नसिम अग्दम रहेको र उनको उद्देश्य स्पष्ट नरहेको जनाएको छ।

याे पनि पढ्नुस  प्रहरीको हराएको पेस्तोल र म्यागजिन फेला

पीडितहरू उनका परिचित रहे नरहेको बारे समेत खासै स्पष्ट नरहेको समाचारहररूमा छ। घाइतेहरूमा एक जना ३६ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको जनाइएको छ।

निज घाइते युवक संदिग्ध महिलाको पुरुष साथी रहेको बताइएको छ। अन्य घाइतेहरूमा ३२ र २७ वर्षीय दुई महिला रहेको जनाइएको छ। यस अघि अग्दमले विगतमा युट्युबप्रति आक्रोश पोख्दै सामग्री पोस्ट गरेको बुझिएको छ।

याे पनि पढ्नुस  अमेरिकामा फेरि चल्यो गोली, गयो छ जनाको ज्यान

संदिग्ध महिला इरानी मूलकी क्यालिफोर्निया निवासी रहेको बुझिएको छ । उनी बेला बेला युट्युबले उनका पोस्टहरू हटाएर भेदभाव गरेको गुनासो लिएर युट्युब कार्यालय आउने गरेकी थिइन् । घटनापछि युट्युबले उनको एकाउन्ट बन्द गरिदिएको बुझिएको छ ।

आफ्नो व्यक्तिगत वेबसाइटमा उनले युत्युब्ले उनका भिडियो हरू दर्शकसम्म पुग्न नदिएको आरोप लगाएकी थिइन् ।

याे पनि पढ्नुस  अमेरिकाद्वारा नेपाल र भारतमा रहेका तिब्बतीलाई सहयोग गर्ने नीति पारित

क्यालिफोर्नियाको स्यानो ब्रुनो स्थित उक्त कार्यालयमा प्रहरीले घटनाको जाँच गरिरहेको छ ।

प्रहरी प्रवक्ताका अनुसार युट्युब मुख्यालयमा बन्दुकधारी महिला प्रवेश गरेको थाहा पाउनासाथ प्रहरी सक्रिय भएको थियो र उनीहरूलाई घटनास्थलमा एक जना महिलाको शव फेला परेको छ । प्रहरीले निज महिला नै आक्रमणकारी रहेको आशंका गरिरहेको छ ।

 

स्रोत: बिबिसी

कमेन्ट गर्नुहोस्