प्रचण्डले दाेहाेर्याए – जुनसुकै हालतमा पार्टी एकता

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विकल्प नभएको र जुनसुकै हालतमा पनि एकता भएरै छाड्ने बताएका छन् ।

अध्यक्ष दाहालले ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर दुई पार्टी एकता गर्ने तयारी भएको समेत जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकताको तयारी गरिए पनि तयारी छोटो भएकाले सम्भव नभएको भन्दै उनले अाज नै एकता संयोजन समितिमा केही मिलाउन बाँकी विषयमा छलफल थालिने र ९ वैशाखमा एकता हुने बताए ।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार अध्यक्ष दाहालले सम्भव भएमा बिहीबार नै पार्टी एकता घोषणा तयारी समिति गठन गरेर ९ वैशाखमा एकताको घोषणा गरिने बताएका थिए । अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति केही दिनमै हल हुने समेत बताएका थिए ।

दुई दलले ७ फागुनमा एकताका सात आधारमा सहमति गर्दै पार्टी एकताको खाका तय गर्न राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र सांगठनिक तथा विधान मस्यौदा कार्यदल गठन गरेका थिए । दुवै कार्यदलले मंगलबार प्रतिवेदन बुझाएका थिए

कार्यदलले एकीकृत पार्टीको चुनाव चिह्न र विधान प्रतिवेदनको प्रारम्भमा जनयुद्धलाई मान्यता दिने कि नदिने तथा पार्टी संगठनबीचको एकता कुन अनुपातका विषयमा सहमति जुटाउन सकेको छैन । अध्यक्ष दाहालले कति संख्याका कमिटी बनाउने र कतिकति अनुपातमा रहने भन्ने अाजदेखि छलफल गरेर टुंग्याउने बताएका थिए । ‘नेताहरूको व्यवस्थापन मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३२५ पनि हुन सक्छ, ३५१ समेत पु‍¥याउन सकिन्छ । अब छलफलबाट टुंगो लाग्छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्