रहबर अन्सारीले गराए चार सय कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं । चर्चित युवा नेता तथा वीरगञ्ज महानगरका मेयरका प्रत्यासी रहबर अन्सारीले ४०० कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् ।

बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले ४०० कार्यकर्ता माओवादीमा प्रवेश गराएका हुन् । उनले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन् ।

याे पनि पढ्नुस  वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटि माओवादी केन्द्रमा

विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै युवानेता अन्सारीले भने– ‘मुलूक निर्माणको अभियानमा जोडिन लाग्नुभएकोमा तपाईहरुलाई हृदयदेखि स्वागत गर्दछु । बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्दछ’, अन्सारीले थपे, ‘२ नम्बर प्रदेशमा वामपन्थीको जित हुन नसक्नु जनताको हार हो । देशमा स्थिरता, विकास र समृद्धिका लागि वाम शक्तिलाई बलियो बनाउँ ।’

याे पनि पढ्नुस  सामाजिक विकासमन्त्री शरदद्वारा सहिद स्तम्भमा माल्यार्पण

कार्यक्रममा कांग्रेस र फोरमबाट माओवादी प्रवेश गरेका नेताहरुले नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण र समृद्धिका लागि आफूहरु माओवादीमा आएको बताए ।

कमेन्ट गर्नुहोस्