सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज छ : कांग्रेस प्रवक्ता

काठमाडौं, चैत्र २२ । यातायात क्षेत्रको सिन्डिकेट तोड्न नेपाल सरकारले देखाएको सक्रियताको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रशंसा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘राम्रो कामको समर्थन जरुरी ।’

यायायात व्यवस्था विभागले मयुर यातायातलाई अरनिकको राजमार्गमा सञ्चालनका लागि रुटपरमीट दिएपछि सो क्षेत्रमा सञ्चालित विभिन्न यातायात समितिले बुधबार सवारी आवागमनमा अवरोध गरेपछि सरकारले एकै दिन सो रुटमा नयाँ पाँच कम्पनीलाई अस्थायी अनुमति दिएर सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।

याे पनि पढ्नुस  पार्टी हारको समीक्षा गर्न राष्ट्रिय भेला डाक्ने कांग्रेस सभापतिको निणर्य

सरकारको कामको समर्थन गर्दै शर्माले यस्तो ट्वीट गरेका छन्ः

कमेन्ट गर्नुहोस्