बलिउड अभिनेता सालमान खान जेल चलान

काठमाडौं, चैत्र २२ । अभिनेता सलमान खानलाई कालो हरिण मुद्दामा जोधपुर अदालतले पाँच५ वर्षको सजाय सुनाएको छ।

खानका कानून व्यवसायीले जेल सजाय दुई वर्षमा सिमित गर्न गरेको अपीललाई अस्वीकार गरेपछि अन्ततः उनीलाई पाँच वर्ष सजाय हुने भएको हो । सलमानलाई जेल सजायसँगै १० हजार भारतीय रुपैयाँ पनि जरिवाना तोकिएको छ।

फैसलापछि सलमानलाई जोधपुरको केन्द्रीय जेल चलान गरिएको छ। २० वर्ष आडिको मुद्दामा अदालतले सलमानलाई पाँच वर्ष सजाय सुनाएको हो।

सोही मुद्दामा अभियोग खेप्दै आएका सैफ अलि खान, यानी तब्बु, नीलम र सोनालीलाई भने अदालतले सफाइ दिइएको छ।

सन् १९९८ मा जोधपुरमा आफ्नो फिल्म ‘हम साथ–साथ है’को सुटिङको क्रममा सलमानले कालो हरिण सिकार गरेको आरोप लागेको थियो।

कमेन्ट गर्नुहोस्