दिल्ली डेयरडेभिल्सका प्रशिक्षक पोन्टिङले भने– सन्दीप राम्रो लेग स्पीनर हुन

काठमाडौं, चैत्र २२ । दिल्ली डेयरडेभिल्सका प्रशिक्षक एवं अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली स्पीनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् ।

इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औं संस्करण शुरु हुनु दुई दिनअघि दिल्लीमा बिहीवार भएको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दीप मेहनती र क्षमतावान खेलाडी हुन । साथै उनी राम्रो लेग स्पीनर भएका बताए ।

याे पनि पढ्नुस  आइपीएल खेलेर स्वदेश फर्किँए सन्दीप

‘सन्दीप इज भेरी स्किलफुल क्रिकेटर।’ पोन्टिङले भने, ‘उनी एकदमै राम्रा स्पीन बलर हुन्। ट्रेनिङमा पनि उनले राम्रो गरिरहेका छन् र उनी दिन भरी बलिङ गर्न चाहन्छन्।’

सन्दीपले आफ्नो प्रदर्शनलाई सुधार्दै लगेको र आवश्यक परेका बेला टिमको लागि बलिङ गर्न सक्ने बताए। पोन्टिङले सन्दीपले आफूलाई अझै निखारे टिमको प्लेइङ एलेभेनमा पर्ने सम्भावना समेत रहेको बताए।

याे पनि पढ्नुस  बीबीएलः आज पनि सन्दीपले लिए विकेट, टिमको लगातार दोस्रो जित

आइपीएल शनिवारबाट सुरु हुँदैछ र सन्दीप आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली क्रिकेटर हुन्। गत जनवरीमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो।

सन्दीप रहेको टिम दिल्लीले आगामी आइतवार किंग्स ११ पञ्जावसँग पहिलो खेल खेल्दै आइपीएलको यात्रा सुरु गर्नेछ।

कमेन्ट गर्नुहोस्