सलमान खानले डुबाउने भए बलिउडलाई  

सलमान खान सुपरस्टार हुन्। भारतमा उनको नामैले फिल्महरू चल्छन्। त्यसैले स्वाभाविक हो फिल्म निर्माताहरू करोडौंको प्रोजेक्टमा सलमानलाई लिइहेका हुन्छन्।

तर आज मात्रै भारतको राजस्थान प्रान्तको जोधपुर अदालतले कालो हरिणको शिकार गरेकोमा बलिउड सुपरस्टार सलमान खानलाई दोषी मान्दै पाँच वर्षको कारावासको सजाय सुनाएपछि बलिउडलाई ठुलो घाटा लाग्ने आकलन गरिएको छ।

१९९९ मा रिलिज भएको फिल्म ‘हम साथ साथ हैं”को छायांकनका दौरान कालो हरिण मारेको आरोप लागेका सलमानमाथि अहिले बलिउडले चार सय करोड भारतीय रुपैयाँको दाउ लगाएको छ।

यदि सलमान साँच्चिकै जेल जान्छन् भने बलिउडको यो रकम डुब्ने निश्चित छ।

कुन कुन प्रोजेक्ट हुनेछन् प्रभावित?

१५० करोडको रेस ३

जुन १५ मा रिलिज हुने उद्देश्यका साथ छायांकन हुँदै गरेको मेगा बजेट फिल्म ‘रेस-३’ को बजेट १५० करोड छ। यदि सलमानलाई बीचमै सजाय हुन्छ भने यो प्रोजेक्ट बीचमै रोकिने प्रबल सम्भाना रहनेछ र यसले निर्माताहरूलाई ठुलो घाटा व्यहोर्नु पर्नेछ।

१०० करोडको दबंग-३

‘दबंग’ सिरिजका पहिला दुई सिनेमा बक्स अफिसमा ब्लाक्बस्तर साबित भइसकेका छन्। अगिल्ल दुबैमा सलमान र सोनाक्षी सिन्हा सँगै देखिएका थिए। यो प्रोजेक्टको पनि धेरै जसो काम सुरु भइसकेकाले सलमान जेल जाँदा निर्मातालाई ठुलो घाटा लाग्न सक्छ।

प्रि-प्रोडक्सन भ्याइसकेका केही चलचित्र

यसका अतिरिक्त ‘किक-२’ र ‘भारत’ पनि सलमानका निम्ति भनेर पोस्टप्रोडक्सनको काम भ्याइसकेका चलचित्र हुन्, जसमा लगभग १०० करोड रुपैयाँ जति खर्च भइसकेको बताइएको छ।

महँगा महँगा टिभी सोहरू

सलमान १० वर्षको अन्तरलपछि ‘दसका दम’ नामको टिभी कार्यक्रममा देखिने भएका छन्। त्यस्तै ‘बिग बोस’ को बाह्रौं संस्करणका निम्ति पनि सलमानको तयारी चलिरहेको बुझिएको छ।

कमेन्ट गर्नुहोस्