एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न

दोहा, चैत्र २४ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा शुक्रबार सालिमारा रेष्टुरेन्टको हलमा उक्त कार्यशाला सम्पन्न भएको थियो ।

परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए ।

याे पनि पढ्नुस  एनआरएनए एनसीसी कतारको समन्वयमा बृहद रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रकाश पारेका थिए ।

सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनमा क्रान्ति सिहं, विल गुरुङ र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए ।

याे पनि पढ्नुस  कतारमा नेपाली आइडलको फिनाले सम्पन, पहिलो नेपाल आइडल बने बुद्ध लामा

कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत संघमा आवद्द कतारका प्रतिनीधहरुको साथै कतारका वैचारिक, जातीय र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दीएका थिए ।

याे पनि पढ्नुस  दोहामा अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम समापन

कार्यक्रम परिषद् कतारका महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालन,उपसयोजक नारायण भन्डारिले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्