पत्रकार कुटपिटमा गैर आवासीय नेपाली सघ कुबेतका अध्यक्ष तामाङ दोषी ठहर

कुबेत,चैत २५ । नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनाबारे छानबिन गरि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई प्रतिबेदन बुझाइएको छ ।

गत फागुन ६ गते आइतबार साझ गैर आवसिय नेपाली सघ कुबेतका अध्यक्ष अर्जुन तामाङलगायतको समुहबाट कुटपिटमा परि घाइते भएका पत्रकार न्यौपाने माथि आक्रमणको कारण र घटनाको यथार्थ विवरण सहित छानबिन गर्न नेपाल पत्रकार महासंघले युएई शाखाका अध्यक्षलाई पठाएको पत्र अनुसार छानबिन गरि प्रतिबेदन बुझाइएको युएई शाखाका अध्यक्ष तथा छानबिन समितिका संयोजक भुपराज बस्यालले खबरडबलीलाइ जानकारी दिएका छन ।

मेनपावर व्यावसायिसमेत रहेका तामाङले लामो समयदेखि नेपालबाट अबैधानिक रूपमा महिलाहरुको तस्करी गर्दै आएको रहस्य बुझेपछी पत्रकार न्यौपानेले सो बारे समाचार सम्प्रेषण गर्दा उनीमाथि कुटपिट भएको थियो ।

गैर आवासीय नेपाली सघ कुबेतका अध्यक्ष अर्जुन तामाङ घटनाको दोषी ठहर । घटनाबारे छानबिन गरि तयार पारिएको प्रतिबेदनमा समितिले उक्त घटनामा अर्जुन तामाङ पुर्ण रूपमा दोषी रहेको ठहर गर्दै निजलाइ तत्काल कुबेतबाट डिपोट गराइ नेपाल झिकाएर कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ ।

प्रतिबेदनमा घटना पछि गैर आवासिय नेपाली संघ कुबेतको अध्यक्ष पदबाट राजीनामा दिएका तामाङलाई एनआरएनले नै संरक्षण गरेर राखेको र तामाङ बिगत १४ बर्ष देखि नेपालबाट कुबेतमा निरन्तर महिलाहरुको तस्करी गर्दै आएको हुँदा आफ्नो रहस्य खोलिने डरले पत्रकार माथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै निजलाइ तत्काल नेपाल झिकाइ हदैसम्मको कारबाही हुनुपर्न उल्लेख गरिएको छ ।

यस्तै समितिले तयार पारेको प्रतिबेदनमा वैदेशिक रोजगारीका क्रममा देखिने यस्ता घटनालाई रोक्न र निरुत्साहित पार्न नेपाल सरकारले नेपाली दूतावाससँग समन्वय गर्दै अबैधानिक काम गर्दै आएका र संस्थाको आडमा मानव तस्करी, ठगी जस्ता अपराध गदै हिडेका हरुलाइ खोजी गरि कारबाही गर्नुपर्ने सुझाव समेत उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्