विद्युत आपूर्ति अनियमित, तीन दिनमा एक दिनमात्र उज्यालो

बझाङ, चैत २५ । बझाङ सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति नियमित नहुँदा स्थानीय समस्यामा परेका छन् ।

जिल्लाकै मुख्य व्यापारिक चैनपुरमा तीन दिनमा एक दिनमात्र बिजुली आउने गरेको स्थानीयले बताएका छन् । विद्युत् आपूर्ति नियमित नहुँदा उद्योगी, व्यापारी र विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् ।

ग्रामीण बस्तीमा नियमित बिजुली आउने गरेको भए पनि सदरमुकाममा भने तीन दिनमा एक दिनमात्र आउने गरेको छ ।

नदीमा पानीको सतह घटेकाले नियमित विद्युत् आपूर्ति गर्न नसकिएको सुर्मादेवी विद्युत् प्रालिले जनाएको छ । २ सय किलोवाट क्षमता भए पनि पानी नभएका कारण अहिले आयोजनाबाट ६५ किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।

२०४५ सालमा निर्माण गरिएको यो विद्युत् आयोजना जापान सहयोग नियोगको अनुदान सहयोगमा एक वर्ष अघिमात्र मर्मत गरिएको थियो । आयोजना मर्मत गर्न ८५ करोड रुपैयाँ खर्च गरिएको थियो ।

कमेन्ट गर्नुहोस्