प्रधानमन्त्री ओलीलार्इ पीएचडीको अर्को उपाधि

काठमाडौं, चैत्र २५ । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाएका छन्।

भारतको उत्तराखण्ड राज्यको गोविन्द बल्लभ पन्त कृषि एवं औद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई आयतबार विशेष दीक्षान्त समारोह आयोजना गरी डिग्री अफ डाक्टर अफ साइन्स (पीएचडी) उपाधिबाट विभूषित गरेको हो।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

यसअघि सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मानार्थ पीएचडीको उपाधि पाएका थिए।

तर आलोचकहरुले विश्वविद्यालयको प्रचार र विद्यार्थीको ध्यानाकर्षण गराउन एवं राजनीतिक फाइदाका लागि केही विश्वविद्यालयले मानार्थ उपाधि दिने गरेका दाबी गर्छन् ।

कमेन्ट गर्नुहोस्