बलिउडकी चर्चित अभिनेत्री अनुष्कालाई ‘दादा साहेब फाल्के’ अवार्ड

काठमाडौं, चैत्र २५ । बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मालाई उनको अभिनयको उच्च प्रशंसा गर्दै ‘दादा साहेब फाल्के फाउण्डेशन’ले सम्मान गर्न लागेको हो ।

अभिनेत्रीका रुपमा दर्शकको मन जित्न सफल भएर बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनुष्कालाई निर्माताको रुपमा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित गर्न लागिएको हो ।

याे पनि पढ्नुस  चलचित्र जीरोः उत्कृष्ट निर्देशन, दमदार अभिनय

अनुष्का शर्मा तथा उनका भाई कर्नेश शर्मा मिलेर क्लीन स्लेट फिल्म नामक प्रोडक्सन कम्पनीबाट उनी २५ वर्षकै हुँदा फिल्म ‘एनएच १०’ निर्माण गरेका थिए । जुन फिल्म बलिउडमा सफल हुनुको साथै फिल्मले समीक्षकको प्रशंसा पनि बटुलेको थियो । उनले गरेको कामको प्रशंसा स्वरुप ‘दादा साहेब फाल्के फाउण्डेशन’ले सम्मान गर्न लागेको हो ।

याे पनि पढ्नुस  अनुष्काले झपारिन सडकमा फोहोर फाल्नेलाई, विराटले बनाए भाइरल

अनुष्काले आफ्नै प्रोडक्सन कम्पनीबाट ‘एनएच १०, ‘फिल्लौरी’ र ‘परी’ जस्ता फिल्म निर्माण गरिसकेकी छिन । २९ वर्षीया अनुष्काले आफूलाई बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीका साथै सफल निर्माताको पहिचान समेत बनाउन सफल भएकी छिन ।

केही समय अघि क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी सफल अभिनेत्री अनुष्का यतिबेला फिल्म ‘सुईधागा’को छायाँकंनमा व्यस्त छन् ।

याे पनि पढ्नुस  चलचित्र जीरोः उत्कृष्ट निर्देशन, दमदार अभिनय

अनुष्काले उनको करियरको सुरुवात २००७ मा मोडलको रुपमा गरेकी थिइन । २००८ मा उनले फिल्म ‘रब ने बना जोडी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन । गएको वर्ष उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी थिइन ।

कमेन्ट गर्नुहोस्