युनियन र निकट व्यक्तिमार्फत अाउनेलार्इ भन्दा परिणाम दिनेलाई जिम्मेवारी दिन्छु : उर्जामन्त्री पुन

काठमाडौं, चैत्र २५ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताउनुभएको छ ।

समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने घोषणा गर्नुभएको छ । सिंचाई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतबार सम्बोधन गर्दैै मन्त्री पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा नजोडिएको बताउनुभयो ।

याे पनि पढ्नुस  उर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता, ठूला जलविद्युत आयोजनामा लगानी गर्ने चीन इच्छुक

उहाँले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । ‘देशमा नयां व्यवस्था लागु भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईहरुले ईमान्दारीतपुर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मन्त्री पुनले कार्यक्रममा भन्नुभयो ।

मन्त्री पुनले मुलुकको समृद्धी सुशासन कायम गरेर मात्र आउने भन्दै सवै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको समेत बताउनुभयो ।

याे पनि पढ्नुस  उर्जामन्त्री पुन र एनएफएडीका महासचिव मोरीबीच भेटवार्ता

‘तपाईहरुले आफ्नो आनिवानी र कार्यशैली परिवर्तन गर्नुहोस्,अहिले हाम्रो सामु काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ मन्त्री पुनले भन्नुभयो ।

माओवादी केन्द्रका नेता समेत रहनुभएका उर्जामन्त्री पुनले कर्मचारी संगठन र निकट व्यक्तिमार्फत आउनेलाई भन्दा काम गरेर देखाउनेलाई आफुले जिम्मेवारी दिने बताए ।

याे पनि पढ्नुस  सिंचाइबाट सिंगो देशकाे विकास र अर्थतन्त्रको आकार बढ्छ : उर्जामन्त्री

‘काम नगर्ने कर्मचारी निकट भएर केही हुन्न,मेरो नजिकको आफन्त भएपनि काम गर्दैन् भने त्यसको कुनै अर्थ छैन्, काम गरेर परिणाम दिने कर्मचारीलाई मैले कामको जिम्मा दिन्छु ।’ मन्त्री पुनले भन्नुभयो ।

मन्त्रीले सिंचाईको क्षेत्रमा नयाँं–नयाँ प्रविधी आएको भन्दै त्यसको उपयोग गर्नुपर्ने धारणा समेत राख्नुभएको छ ।

कमेन्ट गर्नुहोस्