नेप्से परिसूचक १.२० प्रतिशत बढ्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक १ दशमलव २० प्रतिशत बढेको छ । उतारचढावसँगै उकालो लागि रहेको बजार २ घण्टाको व्यापारमा १५ दशमलव ५५ अङ्कले बढेर १ हजार ३ सय १० दशमलव २० विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६२ कम्पनीको ५ हजार ४ सय २८ पटकको व्यापारमा रू. ४० करोड ९५ लाख बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ ।

याे पनि पढ्नुस  १२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामा १२ अंकले बढ्यो नेप्से

बीमा समूहको परिसूचक २ दशमलव ३३ प्रतिशत, लघुवित्तको १ दशमलव ८७ प्रतिशत र बैङ्किङको १ दशमलव १ प्रतिशतले बढेको छ ।

साथै ‘अन्य’ समूहको परिसूचक शून्य दशलमव ९३ प्रतिशत, होटलको शून्य दशमलव ७८ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३८ प्रतिशत, जलविद्युतको शून्य दशमलव १९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको हो ।

परिसूचक ०.७९ प्रतिशत बढ्यो

याे पनि पढ्नुस  १२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामै शेयरबजार हरियो

नेप्से परिसूचक शून्य दशमलव ७९ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापारमा शेयर बजार १० दशमलव २१ अङ्कले बढेर १ हजार ३ सय ४ दशमलव ८६ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६८ कम्पनीको ७ हजार ८ सय पटकको व्यापारमा रू। ५७ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको हो । होटल, जलविद्युत र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको परिसूचक बढेको छ ।

याे पनि पढ्नुस  १२ बजेको अपडेटः एक घण्टामा नेप्से परिसूचक ८.२० प्रतिशत घट्यो

बीमा समूहको परिसूचक १ दशमलव ६५ प्रतिशत, ‘अन्य’ समूहको १ दशलमव ५७ प्रतिशत, लघुवित्तको १ दशमलव २ प्रतिशत, बैङ्किङको शून्य दशमलव ६३ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ४ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव १८ प्रतिशत बढेको छ । होटल समूहको परिसूचक १ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४३ प्रतिशत र जलविद्युतको शून्य दशमलव शून्य छ प्रतिशत घटेको छ । आर्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्