लमजुङ सेवा समाज कतारले मनायो नयाँ वर्ष

दोहा, चैत्र २६ । ‘सुख दुखमा साथ –लमजुङ सेवा समाज’ भन्ने नाराका साथ स्थापना भएको लमजुङ सेवा समाज कतारले नेपाली नया वर्ष २०७५ सालको आगमनको पूर्व सन्ध्या पारेर भव्यताका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम दोहाबाट झन्डै सय किलोमिटर टाढा रहेको अलसमाल गार्डेनमा सम्पन भएको सो कार्यक्रम रोजगारीका सिलशिलामा लमजुङबाट कतार आउनु भएका लमजुंगे दाजुभाइ तथा दिदीबहिनीहरुलार्इ संगठित गरी आपसी माया, प्रेम र सदभाब अभिवृद्धिका लागी आयोजना गरीएको बताइएको छ ।

कार्यक्रममा लमजुङ तथा गैह्र लमजुङका कलाकारहरु, मंगल बिक, दिपक कमली, सुजिता दनुवार, प्रमिला तामाङ, डम्बर बिक, दिप हसन्ते, अमृत बिक मंजिला बिक, जीवन क्षेत्री, गोबिन्द तामाङ आदिको सांगीतिक प्रस्तुति रहेको थियो ।

याे पनि पढ्नुस  कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

सो अवसरमा खेलकुद विभाग संयोजक अमर गुरुङ तथा खुशी गुरुङको संयोजकत्वमा मनोरन्जनात्मक खेलकुद कार्यक्रम पनि आयोजना गरिएको थियो ।

जसमा लमजुङ क्षेत्रको प्रचलित खेल ठेलो तर्फका बिजयी हर्क बहादुर गुरुङ , घैटो फुटाई तर्फका बिजेता शेरजंग गुरुङ, बेलुन फुटाइतर्फका बिजेता गोबिन्द तामाङ र कुर्चीचाल तर्फकी बिजयी प्रितिका ढकाल क्षेत्रीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै संस्थाले आयोजना गरेका बिबिध कार्यकममा मेहनेत र लगनशीलताका साथ खटेर सहयोग गर्नु हुने संस्थाका सदस्य एवं पदाधिकारीहरु क्रमश रबि गुरुङ, रबिन्द्र घिमिरे, खुशीराम गुरुङ, युवराज गुरुङ, हरि दुरा, राज लोप्चान, शिब रसाइली, कर्म गुरुङ, सन्तोष केसी, रामदेब भट्ट, देब गुरुङ, वुद्धिसागर सुबर्णकार, उपेन्द्र सोती नेत्र टन्डनले पुर्याएको योगदानका उच्च मूल्यांकन गर्दै थप हौसला स्वरूप प्रसंसा पत्र प्रदान गरिएको थियो ।

याे पनि पढ्नुस  कतारमा ११ नेपाली कोमा अस्पतालमा

कार्यक्रममा थप रोचक बनाउन सहभागीहरुबीच राफल चिट्टा कार्यक्रम पनि राखिएको थियो ।

कार्यकममा संस्थाका दितीय उपाध्यक्ष नबराज नखोलाले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रथम उपाध्यक्ष खुशीराम गुरुङ ले लसेस कतार गठन गर्नुको उधेश्यको बारेमा प्रकास पार्नु भएको थियो ।

गत वर्षदेखी हालसम्म संस्थाले गरेका विभिन्न सामाजिक गतिविधि तथा सहयोग बारेको प्रतिबेदन महासचिव सिताराम थापाले प्रस्तुत गर्नु भएको थियो । झन्डै तीन सयको संख्यामा उपस्थिति रहेको सो कार्यक्रम संस्थाको आन्तरिक कार्यक्रम भनिएता पनि प्रदेश नम्बर चारका जिल्ला सस्था पदाधिकारीहरुलार्इ निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा तमु समाजका रस गुरुङ, गोर्खाका राकेश श्रेष्ठ, स्याङ्जाका धनन्जय लम्साल, तनहुँका पदम गिरी र सामाजिक अभियन्ता केबि हमाल र बिक्की बिकको सहभागीता रहेको थियो ।

याे पनि पढ्नुस  एनआरएनए कतारले विभिन्न संघसंस्थासंगको सहकार्यमा नयॉ वर्ष २०७५ मनाउने

उपस्थित अतिथिहरु तथा संस्थाका संरक्षक, सल्लाहाकारहरुले संस्थालाई सल्लाह सुझाबसहितका शुभकामना मन्तब्यहरु दिनु भएको थियो ।

सांस्कृतिक बिभाग संयोजक राज लोप्चान र महासचिव सिताराम थापाले संयुक्त रुपमा गर्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिष्णुलाल श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा यातायात संयोजक रबिन्द्र घिमिरे, स्वयम् सेवक संयोजक रामचन्द्र अधिकारी, अर्थ ब्यबस्थापनमा लाग्नु हुने कोषाध्यक्ष बिनोद बसौला, प्रचार प्रसार तथा सहभागी बिस्तारमा अग्रणी भूमिका खेल्ने संस्थाका सचिब युबराज गुरुङ लयायत अन्य सम्पूर्ण सहयोगी, चन्दादाताहरु शुभ चिन्तकहरु सबैलाई हार्दिक धन्यवाद दिदै नया वर्षको शभकामनासहित कार्यक्रमको समापन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्