काठमाडौं, चैत्र २६ । गएको फागुनमा राजधानीबाट हतियारसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्।
काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।
लामालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।