कडा र स्पष्ट मापदण्ड बनाएर मात्रै नयायाधिश नियुक्त : कानूनमन्त्री तामाङ

काठमाडौं, चैत्र २६ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि कडा र स्पष्ट मापदण्ड बनाइने बताएका छन्।

सोमबार मन्त्रालयमा पत्रकारसँगको भेटमा मन्त्री तामाङले न्यायाधीश क्षमता र ज्येष्ठताको आधार नियुक्त हुने बताउँदै नयाँ मापदण्डभित्र पर्ने मध्ये राजनीतिक पृष्ठभूमिको समेत हुन सक्ने स्रपष्ट पारे ।

न्यायाधीश नियुक्तिमा कडा र स्पष्ट मापदण्ड नहुँदा राजनीतिक हस्तक्षेप बढेकाले अब नयाँ मापदण्ड बनाएर मात्र न्यायाधीश नियुक्त गर्ने मन्त्री तामाङ भनाइ छ ।

न्यायाधीशमा नियुक्त भएपछि भने स्वतन्त्र ढंगले काम गर्नुपर्ने मन्त्री तामाङले उल्लेख गरे। सर्वोच्च अदालतको न्यायाधिश नियुक्त गर्दा न्याय परिषद्ले विगतमा सम्बन्धीत न्यायाधीशले गरेका फैसला हेरेर मात्र प्रक्रिया अघि बढाउने व्यवस्था हुने मन्त्री तामाङले जानकारी दिए।

कानुनमन्त्री शेरबहादुर तामाङले न्यायपालिकाको अवस्थाबारे कानुनभन्दा बाहिर गएर नबोलेको पनि बताए।

केही समय अघि ‘ठूला करका मुद्दामा अन्तरिम आदेश दिने न्यायाधीशमाथि छानबिन हुने’ बताएपछि न्यायपालिकालाई धम्क्याएको भन्दै आलोचित भएका तामाङले आफ्नो अभिव्यक्ति कानुन संवत नै रहेको दाबी गरे।

कमेन्ट गर्नुहोस्