ट्रक दुर्घटना हुँदा १८ मजदूरको मृत्यु, १५ घाइते

काठमाडौं, चैत्र २७ । भारतको महाराष्ट्र राज्यको पुनेको खान्डालामा ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको बताइएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परि अन्य १५ जना घाइते भएका छन्।

उच्च गतिमा रहेको ट्रक सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन्।

याे पनि पढ्नुस  शिवलिङ्गमा आरओ प्रशोधित पानी मात्र चढाउन सर्वोच्चकाे आदेश

घटनास्थल मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ। “सामान बोक्ने एउटा ट्रकले ४० जना मजदुर सवार रहको बताइएको छ ।अधिकारीहरूका अनुसार दुर्घटनामा परेका ती मजदुरहरु ट्रकमा चढेर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै गरेका थिए।

घाइते सबैको स्थानीय सतरा नागरिक अस्पतालमा उपचार भइरहेका बताइएको
छ । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  ट्रकको ठक्करबाट उपसचिव ऋषिराम पण्डितको मृत्यु

यसअघि हिजो (सोमबार) मात्रै हिमाञ्चल प्रदेशमा भएको स्कूल बस दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए।

मृत्यु हुने र घाइते हुनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिका रहेका बताइएको छ। काँगडा जिल्लाको नुरपुरस्थित वजिर रामसिंह पठनीय मेमोरियल स्कूलका झण्डै ६० जना विद्यार्थी लिएर गइरहेको बस दुर्घटना भएको हो।

याे पनि पढ्नुस  यो देशमा छ प्रहरी अधिकृतको तलब जवानभन्दा पाँच गुणाले कम, आन्दोलन गर्न छ छुट

सडकबाट झण्डै २०० फिट तल गहिरो खोँचमा खसेको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २९ जना विद्यार्थी, दुईजना शिक्षक र एकजना बस चालक हुन ।रहेका छन्।

भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकमध्येमा पर्छ।

कमेन्ट गर्नुहोस्