बेलायती प्रधानमन्त्रीको चेतावनी: असदलाई नछाडिने

काठमाडौँ, २६ चैत । बेलायती प्रधानमन्त्री टेरेजा मेले यदि रासायनिक हतियारहरूले आक्रमण गरेको पुष्टि भएको खण्डमा सिरियाली राष्ट्रपति बसर अल-असद र उनका सहयोगीहरूलाई त्यसै नछाडिने बताएकी छिन् ।

सोमवार डेनमार्कको कोपेनहेगेनमा संचारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मेले असदले आफ्नै जनता विरुद्ध क्रूरता र निर्लज्जताको सीमा पार गरेको बताएकी छिन् । अन्तर्राष्ट्रिय कानुनले युद्धमा रासायनिक हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाएको स्मरण गराउँदै उनले भनिन्, “रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा र उनीहरू दोषी पाइएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई कानुनी दायरामा ल्याइने छ ।”

याे पनि पढ्नुस  सिरियामा अर्को भीषण युद्धको सम्भावना, इदलिब सहरमा आक्रमण गर्ने योजनामा सरकारी सेना

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन् । मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ । तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन् ।

याे पनि पढ्नुस  हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ सर्वसाधारणको मृत्यु

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका थिए ।

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ ।सिरियाली असद प्रशासनले रासायनिक हमलाको आरोपलाई ‘बनावटी समाचार’ भनेको छ ।

याे पनि पढ्नुस  अमेरिकी हवाई कारबाहीमा परि सिरियामा २३ जना सर्वसाधारणको मृृत्यु

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई ‘तनावग्रस्त खबरहरू’ भन्दै तत्कालै अमेरिकी विदेश मन्त्रालयले आफूले त्यसको अनुगमन गरिरहेको जनाएको थियो ।

यस घट्नालाई लिएर संयुत राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुस र अमेरिकाबीच तीव्र आरोप-प्रत्यारोप भएको छ ।

 

एजेंसीहरू

 

कमेन्ट गर्नुहोस्