‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ विमोचित

राजविराज । ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’शीर्षक मैथिली पुस्तक मंगलबार यहाँ विमोचन गरिएको छ ।

सप्तरीको सखडेश्वरी छिन्नमस्ता भगवतीको विविध जानकारी समेटिएको उक्त कृति प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले विमोचन गर्दै प्रदेशमा कानून निर्माणका लागि ‘कानून मस्यौदा सहजीकरण समिति’ गठन भई कानून निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  दर्ताविनाका एकदर्जन औषधि पसल बन्द

इतिहासविद् प्रा डा पीताम्बरलाल यादवले सप्तरीमा प्राचीन एवं ऐतिहासिकस्थल अझै ओझेलमा रहेकाले तिनको संरक्षण संवद्र्धन गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालका पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवं मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवद्वारा लिखित उक्त पुस्तकमा महिषासुर मर्दिनी स्तोत्र, देवीको ध्यान, देवी प्रार्थना, सप्तरी जनपद र सप्तरी जिल्लाको इतिहासलगायत वर्तमानवस्था, शक्तिपीठको प्रतिमा, घोषणा र रहस्य, लालापट्टी र सकरपुराका गढी, दश महाविद्या पूजाको फललगायत विषयवस्तु समावेश गरिएको छ ।

याे पनि पढ्नुस  राजविराजमा शङ्कास्पद ग्रिनेड बम फेला

नेपाल टेलिभिजनका सप्तरी संवाददातासमेत रहनुभएका यादवका यसअघि दुई पुस्तक प्रकाशन भइसकेको छ । पुस्तकले छिन्नमस्ता भगवती मन्दिरको महत्व झल्काउनाका साथै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पुस्तकबाट मद्दत मिल्ने लेखक यादवले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्