एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं, चैत्र २८ । आगामी वैशाख ९ गते लेनिन दिवस अथवा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता घोषणा गर्ने लागेका एमाले माओवादी केन्द्रले त्यसको तयारीका लागि आज एकता संयोजन समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बस्ने बैठकमा पार्टी एकता घोषणाको तयारीबारे छलफल हुने बताइएको छ । पार्टी एकताका लागि गठित राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह र माओवादीकै शव्दमा तत्कालिन जनयुद्धलाई समावेश गर्नेकी नगर्ने भन्ने विषयमा दुई दलबीच सहमति हुन सकेको छनै ।

जसका कारण दुवै दलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले अनुमोदन गर्न सकेको छैन । उच्च स्रोतका अनुसार निर्वाचन चिन्ह र जनयुद्ध शव्द राख्ने विषयमा वाहिर आएजस्तो विवाद नरहेको भन्दै आज बस्ने बैठकले सवै विषयमा टुङ्ग्याएर पार्टी एकता घोषणाका लागि छुट्टै समिति बनाउने बताइएको छ ।

कमेन्ट गर्नुहोस्